नेकपा(क्रान्तिकारी माओवादी)ले बुधबार सुनसरीको भान्टाबारीमा भारतीय सीमा सुरक्षा बलका जवान हतियारसहित नेपाल प्रवेश गरी गोली चलाएर चार जना नेपालीलाई घाइते बनाइएको घटनाको विरोध एवम् भर्त्सना गरेको छ ।
पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गरेको विज्ञप्तिमा उक्त घटनाको अविलम्ब छानबिन गरी दोषीमाथि कूटनीतिक माध्यममार्फत कडा कारबाहीको व्यवस्था गर्न माग गरेका छन्।
क्रान्तिकारी माओवादीले सीमा क्षेत्रमा हुने हिंसात्मक गतिविधि रोक्न नेपाल–भारतबीचको खुला सीमालाई नियन्त्रण गर्न आग्रह गरेको छ। केही दिनअघि सप्तरीमा आन्दोलनकारी र प्रहरीबीचको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको घटनाको समेत अनुसन्धान गर्न अध्यक्ष वैद्यले माग गरेका छन्। रासस