संयुक्त लोकतान्त्रिक मधेसी मेर्चाले एमालेको चियापान कार्यक्रम बिथोल्ने भएका छन्। मोर्चाले विज्ञप्ति जारीगरी मधेस आन्दोलनको बिरोधमा नेकपा एमाले पार्टीका जिल्ला समिति र सभासदहरु परिचालन गरिएको खुलासा भएकोले भन्दै भण्डाफोर तथा प्रतिकारको लागि आम मधेशी जनता र मोर्चा कार्यकर्तालाई अह्वान गरेको बताएको छ।
नेकपा एमालेका सभासदहरु उपर आरोप लगाउदै उनीहरु चोकचोकमा जनतामाझ गोप्य सूराकी र कार्यकर्ता परिचालन गराउने त मधेशमा चलिरहेको ऐतिहासिक आन्दोलन तुहाउने लागेकोमा त्यसको प्रतिकार गर्न आहवान गरेको छ। मधेशको संबैधानिक अधिकार खोसिने दस्तावेजको रुपमा आएको संबिधान बलपुर्वक लाद्न काठमाडौं पुगेर मधेश बिरुद्धको हरेक षडयन्त्रकारी गतिबिधिमा संलग्न रहेको भन्दै उसले सभासदहरुलाई भौतिक कारबाही गर्ने समेतको चेतावनी दिएको छ।
मधेश आन्दोलनमा बर्बर दमन गर्न लगाएको एमालेका सभासदहरु उपर मोर्चाको बिज्ञप्तिमा आरोप रहेको छ । साथै नेकपा एमाले पार्टी पर्साले जिल्लामा कातिक २८ गते शनिवार आयोजना गर्नगइरहेको चियापान कार्यक्रम केन्द्रीय निर्णय अनुसार मधेश आन्दोलन मत्थर पार्न र मत्थर गर्न षडयन्त्रको रुपमा हुन लागेको जिज्ञप्तिमा उल्लेख गरिएको छ।