एकीकृत माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले प्रधानमन्त्रीले राष्ट्रियताको जतिसुकै माला जपे पनि प्रधानमन्त्री ओली भारत भम्रणको पखाईमा रहेको उनले बताएका छन्।
उनले वर्तमान के.पी.शर्मा ओली गठबन्धन सरकारको सुत्रधार राजावादी भएको आरोप लगाए।
रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता देवकोटाले राजवादीले गठबन्धनबाट हात झिक्ने बित्तिकै सरकार विघटन हुने दाबी गरे। कमल थापाको हातमा वर्तमान सरकार रहेको बताउँदै उनले राजावादीको योजना सफल नभए वर्तमान सरकार विघटन हुने बताए।
पुराना राजनीतिक दलहरु आर्थिक लाभमा फसेको र कमाउ धन्दाको पछाडि लाग्ने गरेको बताँउदै उनले वर्तमान गठबन्धन राजावादीको षड्यन्त्रमा फस्दा संघीय लोकतान्त्रिक गणतन्त्र कै उपहास भएको बताए। उनले भारतले लगाएको नाकाबन्दी अघोषित भनिए पनि घोषित रुपमै भएकाले सरकारले आधिकारिक रुपमा नाकाबन्दी भनेर खुलेर भन्न नसकेको बताए।
नक्कली राष्ट्रवादको कुरा गरेर जनतालाई ठग्न कसैले नपाउने उनले भनाइ छ।
उनले एउटा देशलाई विरोध गरेर अर्को देशलाई चाकडी गर्दा चीन पनि खुसी नभई रिसाएको बताए। उनले ओली नेतृत्व सरकारले चीनलाई जर्वजस्त विवादमा मुछ्न खोजेकोमा चीन रुष्ट रहेको दाबी गरे।
मधेश आन्दोलनका जायज माग सम्बोधन गरिनु पर्ने बताउँदै भारतलाई समेत कुटनीतिक स्तरबाट सम्बोधन गरिनु पर्नेमा उनले जोड दिए।