प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारस्थित निवासमा आफूलाई बधाइ दिन आएको नेपाल प्रज्ञा प्रतिष्ठानको टोलीसामु जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या कम भएका क्षेत्रको विकास पछाडि पर्ने बताए।
मधेशवादी दलहरुले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने माग सहित आन्दोलन गर्दै आएकामा प्रधानमन्त्री ओलीले आफू असन्तुलित विकास हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्ने पक्षमा नरहेको बताए।
उनले छिमेकी भारत र विश्वका अन्य मुलुकमा पनि जनसंख्यालाई मात्र आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेको उदाहरण नरहेको बताए।
प्रधानमन्त्री ओलीले आफूले भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणलाई तिब्रता दिइ मुलुकको आर्थिक विकास गर्ने लक्ष्यसहित सरकारको नेतृत्व गरेको तर भारतको अघोषित नाकाबन्दीले अहिले त्यतातिर ध्यान दिन नै नपाएको बताए।