भारतीय सीमा सुरक्षा बलले सोमबार बिहानदेखि सवारी साधनको आवत जावतमा लगाएको रोक मंगलबार बिहानदेखि हटेको छ। नाका सुचारू भएसँगै नेपालगन्ज रूपैडिया नाकाका दुबै तर्फ रोकिएका मालबाहक सवारीहरूको आवत जावत सुरू भएको छ।
माथिको आदेश भन्दै भारतीय सीमा सुरक्षा बल एस एस बीले सोमबार बिहान पौने ११ बजेदेखि चार पाङग्रे सवारी साधनका अतिरिक्त रिक्सा टागा र मोटर साइकलको आवत जावतमा रोक लगाएको थियो।
नेपाल भारत सीमावर्ती क्षेत्रको सुरक्षा अबस्था सामान्य भएको जनाउदै सवारी साधनको आवागमनमा लगाइएको रोक हटाइएको भारतीय सीमा सुरक्षा बल एसएसबीका रूपैडियास्थित पोष्टका प्रमुख पिएन सिंहले सेतोपाटीलाई जानकारी दिएका छन ।
सीमा नाका पुनः सहज भएपछि सीमावर्ति क्षेत्रमा रोकिएका सबारी साधनहरु आबश्यक प्रकृया पुरा गरी पुनः आ आफ्नो गन्तब्य तर्फ जान शुरु गरेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी नायब निरीक्षक बिष्णु गिरीले बताए।
सीमामा अबरोध नहुँदा नेपालगन्ज रुपैडिया नाकाबाट दैनिक १ सय ५० सम्म ठूला मालबाहक सबारी साधन र ५० वटा जति साना चारपाङग्रे सबारी साधन सीमावारपार हुने गर्छन्।