भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले साँझ टेलिफोन गरेका छन्। प्रधानमन्त्री ओलीसँग मोदी करिब २५ मिनेट कुरा गरेका थिए। फोनमा पछिल्लो समय नेपालको नाकाबन्दी र त्यसपछिको असहज स्थितिको बारेमा कुराकानी भएको बालुवाटार स्रोतले बतायो। अहिले केहीबेरमा प्रधानमन्त्रीको विज्ञप्ति आउने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
यस्तै मोदी ओलीसँगको टेलिफोन कुराकानी बारे ट्विट गर्दै वीरगञ्ज घटनाबारे चासो र चिन्ता व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीले वीरगन्ज घटनाबाट आफू एकदमै आश्चर्य चकित भएको र मारिएकोमा भत्सर्ना गरेको जनाएका छन्। घटना के भएको त्यसको विस्तृत जानकारीका लागि आग्रहसमेत गरेका छन्।
उनले नेपालका लागि पेट्रोलियम पदार्य लगायतका बस्तुमा कुनै भारतीय पक्षबाट अवरोध नभएकोसमेत उल्लेख गरेका छन्। ‘भारतबाट पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामाग्री आयातमा अवरोध नहुने तर आन्तरिक समस्या समाधान गर्नुपर्ने,’ उनले ट्विटमा उल्लेख गरेका छन्।
वार्तामा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध थप बलियो बनाउनुपर्नेमा जोड दिंदै आफ्नो ठाउँबाट सहयोग गर्न मोदीलाई आग्रह गरेका थिए।