बिहिबार राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहण र निर्वतमान राष्ट्रपति रामवरण यादवको विदाइ कार्यक्रम थियो। कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत पनि उपस्थित थिए। नेपालका लागि भारतीय राजदूत रन्जित रे पनि कार्यक्रममा उपस्थित थिए। भण्डारीको सपथ ग्रहणपछि शीतल निवासको प्रभास हलमा भएको यादवको विदाई समारोहमा भित्र पस्न खोज्दा राजदूत रे झुक्किए।
साँझ पाँच बजेबाट हुने भनिएको यादवको विदाइ समारोहमा जानुअघि भवनको मूल प्रवेशद्वारमा रेले प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग कुराकानी गरे। केहीबेर कुराकानी गरेपछि उनी मूल प्रवेशद्वारबाटै भित्र पस्न खोजे। तर त्यहाँ खटिएका नेपाली सेनाका अधिकारीले उनलाई अर्को ढोका प्रयोग गर्न आग्रह गरे। त्यसपछि रे अर्को बाटो प्रयोग गरी प्रभास हल प्रवेश गरे। केही तस्बिरहरु