संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दसैंमा पनि आफ्नो आन्दोलन नरोकिने बताएका छन्।
आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरी यादवले आफ्नो आन्दोलन कुनै पनि हालतमा नरोकिने बताएका हुन्।
‘अरू पार्टीले संविधान आउनेबित्तिकै दिपावली मनाइसके,’ उनले भने, ‘दिपावलीपछि दसैं आउँदैन।’अहिले आन्दोलन खुुकुलो भएको भनिए पनि वास्तविकतामा यस्तो नभएको उनले बताएका छन्।
‘हामीलाई जनताको पूरा साथ छ र यही साथको भरमा हामी आन्दोलन अगाडि बढाउँछौ,’ उनले भने। आफ्ना माग पूरा नहुन्जेल वार्तामा नआउने पनि उनले बताए।