संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले धम्कीपूर्ण पत्रले वार्ता नहुने बताएका छन्।
मधेसी बुद्धिजीवी पेशागत समाजले वीरगन्जमा आयोजना गरेको मधेस आन्दोलन र त्यसको गन्तब्य विषयक अन्तक्रिया कार्यक्रममा नेता महतोले यस्तो धारण व्यक्त गरेका हुन्।
माग पुरा नभएसम्म कुनैपनि हालतमा नाकाबन्दी नखुलने बताउँदै उनले भने, ‘ओलीले पठाएको बार्ताको पत्र हो कि धम्की।आन्दोलन स्थगीत गरेर वार्ता हुँदैन , आन्दोलन र वार्ता दुवैसँगसँगै चल्छ। उनले विगतमा भएका ४६ र ६२/६३को आन्दोलन सगोत्री बंशबीच भएकोले कम समयमै माग पुरा पुरा भएको तर अहिलेको आन्दोलन साशक र सोशित बिच भएकोले आन्दोल लामो भएको हो।
नेता महतोले आवको मधेस थारूहरूको आन्दोलन वारपार भएकोले एक साता भित्र निष्कर्ष ननिस्के अझ सशक्त बनाउने चेतावनी समेत दिए। कार्यक्रममा तराइ मधेस लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले समस्याको समाधान दिल्लीको साउथ ब्लकबाट नभइ वीरगन्जको मितेरी पुलमा आउन विदेश मन्त्री कमल थापालाइ सल्लाह दिए।
उनले भने, ‘जनताको पैसा डिलीको तारहोटलमा खर्चेर हुँदैन,समस्या वीरगन्ज रक्सोल सीमानाकामा र समाधान यहीबाट हुन्छ।’
उनले आन्दोलनलाइ कमजोर बनाउन केहि सञ्चार माध्यमहरुले पार्टी अध्यक्ष महन्थ ठाकुर राष्ट्रपतिको चुनाव लड्ने हल्ला फैलाएको स्पष्ट पार्दै माग पुरा नभएसम्म मोर्चाका कुनैपनि नेता सरकार वा कुनै पदमा नजाने बताए। संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले राष्ट्रवादको नारालगाएर प्रचन्डले जनतालाइ दुख दिने कार्यमात्र गरेको आरोप लगाए।
नेता सहायले प्रचन्डले तेल नपाए साइकलमा चढ्ने धम्की दिएपनि उनले कमसेकम आफूले पाइरहेको स्कटिग छोड्ने सुझाव दिए।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रधानमन्त्रीको चुनावमा भोटदिनुले आन्दोलनको मुद्दा कमजोर भएको बताउँदै आन्दोलनलाइ अन्तराष्ट्रियकरण गर्न सुझाव दिएका थिए। कार्यक्रममा व्यापारी, संचारकर्मी, मधेसी बुद्धिजीवी, कर्मचारी तथा स्थानीय दलका नेताहरुको सहभागीता रहेको थियो।