भारतको अघोषित नाकाबन्दीले बन्द रहेको विराटनगरस्थित रानी नाका सोमबार साँझबाट सूचारु भएको छ।
तीन दिनयता ठप्प रहेको रानी नाका केहीबेर अघिदेखि सुचारू भएको भन्सार प्रमुख कृष्ण बस्नेतले सेतोपाटीलाई बताए। नेपाल-भारत सीमाको जोगबनीको रानी २ नम्बर गेटमा मधेशी मोर्चका कार्यकर्ताले धर्ना बस्दै नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि सामान निकासी पूर्णत ठप्प थियो।
तर, सोमबार साँझबाट अवरोध हटेपछि मालवाहक गाडीहरू धमाधम नेपाल भित्रन थालेको बस्नेतले जानकारी दिए।