नव निर्वाचित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरिरहेको समयमा वीरगन्जमा उनको पुत्ला दहन गरिएको छ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले वीरगन्जको घण्टाघरमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री विजय गच्छदार र एमाओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन गरे।
आन्दोलनकारीहरुको बाक्लो उपस्थिति बिच पुत्ला दहन गर्दा छेउमा सूरक्षाकर्मीहरु मुकदर्शक बन्न बाध्य भए। मोर्चाका आन्दोलन जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले सरकारको नेतृत्व फेरिदैमा आन्दोलनमा परिर्वतन नहुने बताउँदै सरकारलाई कडा चेतावनी स्वरुप पुत्ला दहन गरिएको जनाए।
मोर्चाले सरकारको विरोधस्वरुप सोमबार साँझ ६:३० देखि ७ बजेसम्म ब्ल्याक आउटको घोषणा गरेको छन्। सोमबार दिनभरी वीरगन्ज विरोध प्रदर्शन गरेका थिए।