सोमबार राति मोर्चाका कार्यकर्ताहरुले पर्साको जगरनाथपुरमा दुईवटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। राति साढे एघार बजे परवानीपुर ड्राईपोर्ट सडक हुँदै जगरनाथपुरस्थित ओम सिमेन्ट फ्याक्ट्रीमा सिमेन्ट लोड गर्न गईरहेका ना २ ख ५९७५ र ना २ ख ४५५२ नम्बरको ट्रकमा जगरनाथपुर चोकमै नियन्त्रणमा लिई आगजनी गरेका हुन्।
आगलागिका कारण ट्रकको अगाडिको भाग र सम्पूर्ण चक्का पूर्ण रुपले जलेर नष्ट भएका छन्। ट्रकमा भएको आगजनिबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। मगंलबार बिहानसम्म ट्रकमा आगो शल्किरहेकोमा सशस्त्र प्रहरी बेस परवानीपुर र वीरगन्ज उपमहानगरपालिकाबाट गएको बारुण यन्त्रले आगोनिभाएको थियो।
यसैगरी आन्दोलनकारीहरुले वीरगन्ज परवानीपुर सडक खण्डमा दुई दर्जन भन्दा बढी सवारी साधनमा तोडफोड गरेका छन्।