देशका अन्य नाकाभन्दा सहज देखिएको रूपैडिया नेपालगन्ज नाकाबाट सोमबार ४ ट्रयाङकर डिजेल र २ बुलेट ग्यास सहित १९ वटा गाडी मात्रै भित्रिएका छन्।
भारतले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी हटाइएको र पेट्रोलियम पदार्थको आयत सहज हुने बताइएको २ दिन बिते पनि अन्य दिनमा भन्दा कमै पेट्रोलियम पदार्थ र ग्यासका गाडीहरु भित्रिएका छन।
नाकाबन्दी हुँदा बरु दैनिक ८ /१० गाडी पेट्रोलियम पदार्थ सहित करिब ३० वटा गाडि नेपाल भित्रिदै आएको थियो। नाकाबन्दी खुलेको र सहज रुपमा गाडी नेपाल भित्रिने बताए पनि आज ४ ट्रयाङकर डिजेल र २ बुलेट ग्यास सहित १७ वटा गाडि मात्रै भित्रिएको नेपाल भारत सीमास्थित जमुनाहा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक बिष्णु गिरीले बताए।
भारतको रुपैडियाबाट नेपाल भित्रका लागि दुई सातादेखि पर्खाइमा रहेका पेट्रोलियम पदार्थका १३ र ग्यासका १३ वटा गाडि अझै पनि भारतीय सीमावर्ती क्षेत्रमै छन्।