नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको आन्तरिक विवाद अन्त्य भई राष्ट्रिय महाधिवेशन गर्न महासचिव राजीव पहाडीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन भएको छ ।
तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाइएपछि अर्का उपाध्यक्ष दीलु पन्तले समानान्तर गतिविधि सञ्चालन गरेका थिए। दुवै पक्षको संयुक्त केन्द्रीय कमिटीको बैठकले सम्मेलन आयोजक समिति गठन गरेको सचिवालय सदस्य रोशन बस्नेतले जानकारी दिए।
केन्द्रीय कमिटीको बैठक यही असोज १६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। रासस