मुख्य पाहुनाको रुपमा पूर्व एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सोमबार पाल्पाको तानसेनमा सम्बोधन गर्ने कार्यक्रम रोक्न एमाओवादीले निर्देशन दिएको छ।
मगर राष्ट्रिय मुक्ति मोर्चाले पार्टी छाडेका भट्टराईलाई मुख्य वक्ता बनाएर कार्यक्रम गर्न लागेको भन्दै यस्तो निर्देशन दिएको हो।
‘पार्टी छाडेकालाई बोलाएर कसरी कार्यक्रम गर्न मिल्छ? मैले रोक्न भनेको छु,’ एमाओवादी मगरात राज्य समिति प्रमुख नन्दकिशोर पुन पासाङले सेतोपाटीसित भने। कार्यक्रम नरोके पार्टीेले स्पष्टिकरण लिनेसमेत उनले जानकारी दिए।
मोर्चा एमाओवादीको जातीय संस्था हो।
मोर्चाको केन्द्रीय समितिले सोमवार पाल्पाको तानसेन नगरपालिका हलमा ‘पहिचान र अधिकारका निम्ति मगरात संघर्ष’ विषयक अन्तरक्रिया कार्यक्रम राखेको थियो।
पार्टी छाडेपछि भट्टरार्ईकै शव्दमा ‘नयाँ शक्ति’ बनाउने अभियानमा भट्टराई देश दौडाहामा छन्।