नेकपा एमालेका सचिव योगेश भट्टराईले सदियाैं कालदेखि रहेको नेपाल भारतवीचको सम्बन्धलाई भारतीय साशक वर्गले बिगारेको आरोप लगाएका छन् । अभानेस्वबियुको १८ औं अखिल भारत सम्मेलन भारतको हरियाणा राज्यको पानीपतमा सम्बाेधन गर्दै उनले यस्ताे अराेप लगाएका हुन् ।
भारतीय साशकहरुमा नेपाललाई छोटा भाइको रुपमा हेर्ने पुरानो मानसिकतामा परिबर्तन नआएको कारण यो सम्बन्धमा खराब आएको उनले बताए ।
नेपाल एक स्वतन्त्र राष्ट्र भएको कुरा स्विकार्न भारतीय साशक बर्गलाई हिचकिचाहट हुदाँसम्म यस्तो समस्याको पुनरावृती भैरहने पनि उनले बताए । अहिले भारत सरकारको रबैयाले दुई देशको सम्बन्ध मात्रा बिग्रिएको नभएर दुइ देशका जनताबीचको सम्बन्धमा पनि खराब भएको उनले बताए ।
'नेपालीले तेल नपाए पनि पानी पिएर बाँच्ने छन् तर यो कारणले भारतको छबिमा लागेको धक्का दशकै सम्म पनि मेटिने छैन',उनले भने ।