रुपन्देहीको भैरहवा नाकामा बन्दकर्ता र सर्वसाधारणबीच ढुंगा हानाहान भएको छ। भारतीय सीमाबाट नेपालतर्फ ढुंगा प्रहार भएपछि अहिले भैरहवा नाकाको स्थिति तनावग्रस्त भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु नाकामा आज धर्नामा बस्ने कार्यक्रम थियो।
मोर्चाका कार्यकर्ताहरु पनि नाका वरपर जम्मा भएका थिए। मोर्चाका कार्यकर्ताको विरोध गर्दै सर्वासाधारण उत्रिएपछि झडप भएको हो। नेता त्रिपाठी धर्नामा सहभागी हुन आज ९ बजे भैरहवा गएका थिए।