प्रधानमन्त्री कोइराला कैलालीको टिकापुर गएका छन्। सीमांकनको विरोध गर्दै केलालीको टिकापुरमा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान गएपछि तनावग्रस्त बनेको थियो। सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालनसमेत गरेको थियो।
टीकापुरको अवस्था बुझ्न आज उनी कैलाली उडेका हुन्। आजै भैरहवा र नवलपरासी पनि जाने भएका छन्। संविधान घोषणा पछि जनतामाझ पहिलोपल्ट प्रधानमन्त्री जान लागेका हुन्।