नेपालको संविधान २०७२ का धाराहरु पारित भएको अवसरमा माइतीघर मण्डलामा दिप प्रज्वलन गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरु । तस्बिर : रोशन सापकोटा, रासस
संविधान सभामा संबिधान पारित भएको खुसीयालीमा झापामा दिपावली गरिएको छ। बुधबार साँझ जिल्लाका सातै नगरपालिकामा दिपावली गरिएको नेपाली कांग्रेस झापाले जनाएको छ।
जिल्लाको शिवसताक्षी, कन्काई, दमक , शनिअर्जुन, मेचीनगर, बिर्तामोड र भद्रपुर नगरमा दिपावली भएको हो। नेपाली काँग्रेस र नेकपा एमालेका नगर समितिले आआफ्नै नगरमा दिपावली गरेको नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाले बताए।
संबिधान सभाले लामो कसरत पछि नेपालको संबिधानका सवै धारा दुईतिहाई बहुमतले पारित गरेको खुसीयालीमा झापामा दिपावली गरिएको नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बताएका छन।
यता केन्द्रीय समितिले ढिलो गरि सूचना दिएकाले एकीकृत नेकपा माओवादी झापाले भने दिपावलीको कार्यक्रममा औपचारीक सहभागीता जनाउन भ्याएन। पार्टीका केन्द्रीय सदस्य झलक सिंह दर्लामि मगरले केन्द्रीय समितिले ढिलो सूचना दिएकाले जिल्लाका सातै नगरमा हर्सोउल्लासका साथ गरीएको दिपावलीमा औपचारीक सहभागीता नभएको बताए।
‘अनौपचारिक रुपमा त हाम्रा नेता कार्यकर्ता सवै नगरका कार्यक्रममा सहभागीता त भएका छन,’ उनले भने। केन्द्रीय समितिको यस अघिको निर्णयले असोज ३ गते एनेकपा माओवादी पार्टीले मुलुकै भर दिपावली गर्ने निर्णय गरेको छ।
गणतन्त्र नेपालको संबिधान २०७२ लेखिएको केन्डलको चित्र बनाएर दिपावली गरिएको नेपाली काँग्रेस शिवसताक्षी नगरका सभापति पर्शुराम ढुंगानाले बताए।