नेपाललाई हिन्दु राष्ट्र बनाइनु पर्ने माग गर्दै अनसनरत युवाको अनसन तोडाउन टुँडिखेल पुगेका कानुनमन्त्री नरहरि आचार्यमाथि अाक्रमणको प्रयास भएको छ।
लामो समयदेखि अनसनरत चार युवाको अनसन तोड्न उनी बुधबार दिउँसो टुँडिखेल पुगेका थिए।
अनसन तोडाउन प्रधानमन्त्री सुशील कोइराला जाने कार्यक्रम तय भए पनि उनको समय नमिलेपछि कानुनमन्त्री आचार्य त्यहाँ पुगेका थिए।