राप्रपा नेपाल र एमाओवादीका सभासदले संवैधानिक राष्ट्रपतिको विपक्षमा मतदिएका छन्।
संविधानसभामा धारा ६१ को निर्णयार्थ मतदान गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले राखेको प्रस्तावमा राप्रपा नेपाल र एमाओवादीका सदस्यहरुले हुन्न भन्ने पक्षमा मतदान गरेपछि सदनमा एकछिन हाँसो छाएको थियो भने राप्रपा नेपालका अध्यक्ष थापा लगायतले जिस्क्याएका थिए।
संविधानसभामा उपस्थित पत्रकार तथा केही अन्य दलका सदस्यहरुले एमाओवादीलाई जिस्क्याएपछि एमाओवादीका नेता टोपबहादुर रायमाझीले मिडियाकक्षमा रहेका पत्रकारमाझ आएर आफ्नो पार्टीको धारणा स्पष्ट पारेका थिए।
हामीले धारा ६१ को निर्णयमा राप्रपा नेपालसँगै विपक्षमा मतदान गरेको विषयमा केही भ्रम पर्न गएको छ। त्यसमा राप्रपा नेपालको माग भनेको संवैधानिक राजसंस्थाको पक्षमा रहेको थियो भने हामीले विगत देखिनै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनु पर्ने पक्षमा रहेको कारण संबैधानिक राष्टपतिको विपक्षमा मतदान गरेका हौं', रायमाझीले भने।
एमाओवादीका सभासदहरुले संविधानको परिमार्जित मस्यौदाको धारा ६१ को मतदानमा एमाओवादी र राप्रपा नेपाल विपक्षमा उभिएको थियो। त्यसका वाबजूद सदन उपस्थित सदस्यको दुइतिहाइ बहुमतले उक्त धारा अनुमोदन गरेको सभाध्यक्षले घोषणा गरेका थिए।
एमाओवादीले तीन दलको सहमतिमा शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्टपति हुनु पर्ने भन्दै फरक मत राख्दै आएको थियो।