फाइल फोटो सेतोपाटी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बामदेव गौतमलाई गृह मन्त्रालयको सुरक्षा तयारीको प्रशंसा गरेका छन्।
मंगलबार बिहान अध्यक्ष ओलीलाई भेट्न पार्टीका उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतम ओली निवास बालकोट पुगेका थिए। गौतमले ससंविधान जारी गर्ने समयमा बढ्ने सुरक्षा चुनौति र गृहमन्त्रालयले गरेको तयारीबारे अध्यक्ष ओलीलाई जानकारी गराए।
ओलीका स्वकीय सचिव रमेश बुढाथोकीका अनुसार अध्यक्ष ओलीले शान्तिसुरक्षा कायम राख्न गृहमन्त्रालयले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे।
उनले संविधान जारी गर्ने मिति र त्यसपछिको समयमा पनि मन्त्रालयले शान्ति सुरक्षा खल्बलिन नदिने विश्वास व्यक्त गरेका थिए।