राष्ट्रपति रामबरण यादवलाई भेटेर संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधान जारी गर्ने विशेष कार्यक्रमको निम्तो दिएक छन्। नेम्बाङले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति यादवलाई औपचारिक निम्तो दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति यादवले छिट्टै औपचारिक जवाफ पठाउने बताए बताएका छन्।
नयाँ संविधान असोज ३ गते जारी हुने भएको छ। संविधानसभाबाट नेपालको नयाँ संधिवान २०७२ औपचारिक रुपमा जारी गर्न सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले तयारी गरेका हुन्।
नेम्वाङका स्वकीय सचिव एवम संविधान सभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुइकेलका अनुसार, आइतबारदेखि धारागत रुपमा पारित गर्दै गएको संविधानको मस्यौदा सभाबाट पारित गरी अन्तिम संविधान असोज ३ गते ५ बजे संविधानसभा भवनमा आयोजित विशेष कार्यक्रमबाट जारी हुने छ।