सामाजिक सञ्जालमा सामाजिक सद्भाव खलबलाउने सामग्री पोष्ट गरेको अभियोगमा पक्राउ परेका आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव आङ्काजी शेर्पा सोमबार धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौँले शेर्पालाई धरौटीमा रिहा गर्न दिएको आदेशबमोजिम शेर्पा रु २० हजार धरौटीमा रिहा भएको नेपाल प्रहरीको मुद्दा फाँटका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले बताए।
सङ्घीय समाजवादी फोरम नेपालका नेतासमेत रहेका शेर्पालाई फेसबुकमा सामाजिक सद्भाव भड्काउने सामग्री पोष्ट गरेको अभियोगमा प्रहरीले यही भदौ १६ गते राजधानीबाट पक्राउ गरेको थियो । शेर्पाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दा भने जारी छ। रासस