राष्ट्रपति रामवरण यादव र संविधानसभा सभामुख सुवासचन्द्र नेम्बाङबीच भोलि मंगलबार बिहान भेट हुने कार्यक्रम रहेको छ। राष्ट्रपति यादवका कानुनी सल्लाहकारका अनुसार सोमबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग भेट हुन सक्ने कार्यक्रम रहेकाले भेट भोलिलाई सारिएको हो।
‘आज साँझ राष्ट्रपति कार्यालयले समय मिलाएको रहेछ। तर, प्रधानमन्त्रीसँग भेट गर्ने कुरा भएकाले भोलि बिहानलाई सारिएको हो। यसलाई कुनै गलत ढंगले अर्थ लगाउनु हुन्न,’ राष्ट्रपतिका कानुनी सल्लाहकार ललितबहादुर बस्नेतले सेतोपाटीलाई बताए।