आफ्नै पार्टीभित्र विश्वासको मत गुमाएपछि अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबर्टले राजीनामा दिएका छन्।
अहिलेका सञ्चारमन्त्री माल्कन टर्नबुल नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।
सत्तारुढ लिबरल पार्टीभित्रै अल्पमतमा परेपछि उनी राजीनमा दिन बाध्य भएका हुन्। टर्नबुल सन् २०१३ यता अष्ट्रेलियाको चौथो प्रधानमन्त्री बनेका हुन्।