संविधान सभाको बैठकले नयाँ संविधानको परिमार्जित विधेयकको भाग-२ पारित गरेको छ।
धारा १६ देखि ४८ सम्म ३२ वटा धारा रहेको यो भागमा मौलिक हक र कर्तव्य सम्बन्धि व्यवस्था छ। धारा १६ देखि धारा ४६ सम्म विभिन्न प्रकारका मौलिक हक उल्लेख गरिएको छ।
धारा ४७ मा संविधानमा व्यवस्था गरिएका मौलिक हक कार्यान्वयनका लागि तीन बर्षभित्र कानुनी व्यवस्था गर्ने उल्लेख छ।
धारा ४८मा भने नागरिकका कर्तव्यहरुको व्यवस्था गरिएको छ। यो धाराको 'ग'मा राष्ट्रको ठाउँमा राज्य उल्लेख गर्ने संशोधन सहित संविधान सभाले पारित गरेको हो। यो संशोधन तीन दलको तर्फबाट चीनकाजी श्रेष्ठले दर्ता गराएका थिए।
यो धारामा निम्न कर्तव्यहरु उल्लेख छन्:
(क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा
गर्नु,
(ख) संविधान र कानूनको पालना गर्नु,
(ग) राष्ट्रले चाहेका बखत अनिवार्य सेवा गर्नु,
(घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।