संविधानसभा भवन अगाडि हिन्दु राष्ट्र माग गर्दै प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ। नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल, खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र महाअभियान र कमल नयनाचार्यको समूहले माइतीघर मण्डलाबाट जुलुस निकालेको थियो।
जुलुसले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै पानीको फोहोरा हानेको थियो। साथै लाठी चार्जसमेत गरेको छ।
यसैबीच प्रदर्शनकारीले राष्ट्रंघको एउटा गाडीमा तोडफोड गरिदिएका छन्।
संविधानसभाको आजको बैठकले हिन्दु राष्ट्र कायम गर्नुपर्ने संशोधन अस्वीकृत गरेको हो।