सप्तरीको स्थानीय प्रशासनले कोशीब्यारेजदेखि कमलाबगान खोलासम्मको महेन्द्र राजमार्गलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार राजमार्गको ५०० मिटर उत्तरी र दक्षिणी भागसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो।
‘आज राति १० बजेदेखि राजमार्गलाई दंगाक्षेत्र घोषणा गर्ने सुरक्षा समितिले निर्णय गरेको छ‘ यादवले भने ‘हामीले सेना परिचालन गर्न सेनालाई आग्रह गरिसकेका छौं।‘
राजमार्गमा यातायात सूचारु गर्न सेना परिचालन गर्ने निर्णय गरिएको यादवले बताए।