सिराहाको लहानमा प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरीको कार्यालयमा तोडफोड गरेपछि स्थिति तनावग्रस्त भएको छ।
जिल्ला प्रशासन कार्यालय सिराहाले स्थिति नियन्त्रणमा लिन १२ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु अादेश जारी गरेको छ। लाहान र आसपासको क्षेत्रमा कर्फ्यु अादेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बिहिबार बिहान अाक्रोशीत प्रदर्शनकारीको भीडले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड गरेको थियो।