नेकपा एमालेका तराई मधेस केन्द्रीत दलका नेता तथा सभासदले आज अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तराई मधेस २ नम्बर प्रदेश पुन सीमाकंन गर्न माग गरेका छन् ।
ओली निवास बालकोट पुगेर उनीहरुले २ नम्बर प्रदेशलाई पहिचान र सामथ्र्थका आधारमा पुन सीमाकंन गर्न माग गरेका हुन् । केन्द्रीय सदस्य र सभासद गरी ३२ जना नेताले १० बुदे माग पत्र ओलीलाई बुझाएका हुन् ।
३२ जना उनीहरुले सिन्धुली, उदयपुर र मकवानपुर जिल्ला पनि २ नम्बर प्रदेशमा समावेश गर्न माग गरेका छन् ।
अध्यक्ष ओलीसँग भेटमा आफूहरुले तराइ मधेस केन्द्रीत अन्य दलसँग छलफल गरी न्यायोचित माग सम्बोधन गर्न आग्रह गरेको केन्द्रीय सदस्य श्री प्रसाद साहले जानकारी दिए । जवाफमा ओलीले मधेस केन्द्रीत दलसँग वार्ता भइरहेकाले चाँडै निकास निस्कने प्रतिबद्धता जनाएको उनले बताए ।