आन्दोलनरत तराईका दल र मधेसी समुदायका माग सम्बोधन गर्नका लागि बसेको चार दलको बैठक बिना कुनै निर्णय सकिएको छ। शुक्रबार बसेको चार दलको बैठकमा संघीयताको सीमाकंनसहित आन्दोलनरत पक्षलाई सम्वोधन गर्न मुस्लिम, थारु, आदिवासी जनजाति आयोग बनाउने, थारु सघन रहेको क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र बनाउने जस्ता बिषयमा छलफल भएको थियो।
बैठकमा चार दल सम्मिलित कार्यदलले आ–आफ्ना पार्टी भित्र र द्विपक्षीय, त्रिपक्षिय रुपमा छलफल गरेका सुझाव सहितको प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदन माथि चार दलका शीर्ष नेताहरूले छलफल गरेका थिए।
असन्तुष्ट पक्षलाई समेटेर लैजानका लागि अधिकतम पहल गर्ने प्रयास भइरहेको बैठकमा सहभागी सरकारका एक मन्त्रीले सेतोपाटीलाई बताए।
सीमाकंन, आयोग र धर्मनिरपक्षेता जस्ता बिषय पनि शनिबार बस्ने बैठकले टुंगोमा पर्याउने भएको छ।