नेपाली कांग्रेसका जनजाति सभासदहरुले संविधानमा छुट्टै संशोधन प्रस्ताव दर्ता गराउने भएका छन्।
शुक्रबार थापागाउँ स्थित एक बैंक्वेटमा भएको जनजाति सभासदहरुको भेलाले यस्तो निर्णय गरेको हो।
नरेन्द्र विक्रम नेम्वाङ, रत्न शेरचन, सूर्यमान गुरुङ, दिलमान पाख्रिन लगायतका नेता तथा सभासदको पहलमा भएको भेलाले संविधान सभामा दर्ता गर्ने नौ बुँदे प्रस्ताव समेत तयार गरेका छ।
संशोधन प्रस्तावमा राज्यको सबै अंग, संरचना र तहहरुमा आदिवासी जनजाति समुदायको जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व तथा सहभागिताको अधिकारलाई सुनिश्चित गर्नुपर्ने, जातीय जनसंख्याको आधारमा संघ निर्माण गरिनुपर्ने, आदिवासी जनजाति संवैधानिक आयोगको ब्यवस्था सुनिश्चित गरिनुपर्ने, धर्म निरपेक्षतालाई यथावत राखिनुपर्ने लगायतका बुँदा समावेश छन् ।