प्रहरीको सुरक्षामा वीरगन्जबाट १९३ मालबाहक गाडी राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाले अलपत्र अवस्थामा रहेको १९३ मालबाहक गाडीलाई गएराति सुरक्षाकर्मीले सुरक्षा दिएर गन्तव्यतर्फ पुर्याएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, वीरगन्जबाट कडा सुरक्षाबीच ७५ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, १८ वटा ग्यास बुलेट, ७४ वटा मालबाहक गाडी, १७ वटा कन्टेनर, चार वटा यात्रुबाहक बस र पाँच वटा गाडीका चेसिज गरी २०० वटा सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा कायम गराउन सदरमुकाम वीरगन्ज क्षेत्रलाई अर्को आदेश नभएसम्मका लागि क्रमशः विगत पाँच दिनदेखि निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो । रासस