जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाएपछि जनजीवन केही सामान्य बनेको छ।
निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल एक्कासी बढेको देखिएको छ । स्थानीय प्रशासनले वीरगन्जमा आज साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा फुकुवा गरेपछि जनजीवन सामान्य बनेको हो।
निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले वीरगन्जमा आज साँझ ७ बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलहरूले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण चार दिनदेखि पर्साको जनजीवन अत्यन्त कष्टकर बनेको थियो।
त्यस्तै १९ दिनदेखिको लगातार बजार, पसल, यातायात, कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरू बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ। रासस