जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालका लागि जनकपुरका केही भागमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जनकपुरमा तनाब बढेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयलाई लक्षित गरी केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
स्थानीय मुरलीचोकदेखि कदमचोकसम्म, स्वर्गद्वारीस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत जाने बाटो र उत्तीमपुरस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयदेखि आन्तरिक राजस्व कार्यालय जानेबाटोलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनाकरी दिए।
कसैले निषेधित क्षेत्र तोडे गोलीसमेत प्रहार गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए। रासस