सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेलले सहरजिष्ट्रारहरुको आन्तरिक सरुवा गरेका छन्। सह रजिष्ट्रारहरु विपुल न्यौपाने,नहकुल सुवेदी र लालबहादुर कुँवरको महाशाखा हेरफेर गरिएको छ।
मंगलबार रजिष्ट्रारले गरेको सरुवा अनुसार, मुद्दा शाखाका सह रजिष्ट्रार नहकुल सुवेदीलाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ। सुवेदी चार वर्ष यता सर्वोच्च अदालतको मुद्दामहाशाखामै कार्यरत थिए। मुद्दा महाशाखा प्रमुखले पेशीसुचि व्यवस्थापन लगायतका काम गर्छन्।
रजिष्ट्रार पौडेलले, प्रशासन महाशाखाप्रमुख तथा सहरजिष्ट्रार विपुल न्यौपानेलाई मुद्दामहाशाखामा र अनुसन्धान महाशाखाका लालवहादुर कँवरलाई प्रशासन महाशाखामा सरुवा गरेका छन्।
तीनचार वर्षमा आन्तरिक सरुवा गर्ने नियमीत कार्य अनुसार अहिले सरुवा गरिएको सहप्रवक्ता विश्वराज पौडेलले सेतोपाटीलाई जानकारी दिए।
सर्वोच्च दालतमा,मुद्दा,प्रशासन,अनुसन्धान,योजना,अनुगमन तथा मुल्याङकन गरि चारवटा महाशाखा हुन्छन्। ति महाशाखाको प्रमुखहरु सहरजिष्ट्रार हुन्छन्।