संघीय समाजवादी फोरमका सभासद शिवजी यादवले जनताको दम्भ देखाएर सृजना गरेको अवस्थाले टीकापुर घटना भएको भन्दै त्यो हुरी काठमाडौ नआइपुगेस भनि सुझाव दिएका छन्।
बुद्ध जन्मेको देशमा डाकुको शैलीमा जनतालाई दिनदहाडै गोली हानी हत्या हुने क्रम शुरू भएको भन्दै उनले प्रहरी र शसस्त्र प्रहरी हुँदाँ हुँदै सेना परिचालन गर्न नहुने बताए।
‘सेना परिचालन गरिएपनि गिरिजाप्रसादको शालिक ढलेको छ। सत्तासिन दलको कार्यालय जलेको छ। जनताको अत्याधिक मत ल्याएको दम्भ गर्दै संविधान बहुमतमा जारी गर्ने दल र सरकारले किन सोच्दैन कि नेता एकातिर र जनता अर्कोतिर छन् भनेर?’
स्वास्थ्य क्षेत्रमा निश्चित योजना बनाउनुपर्ने उनले बताए। त्यसैगरी उनले नेपालको नागरिकताको विषयमा विदेशी मन्त्रीको भनाइ र अभिव्यक्तिबारे के हो त्यसको जवाफ सरकारले दिनुपर्ने बताए।