भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले आन्दोलनरत पक्षसँग वार्ता गर्न संविधानसभाबाट उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने बताएका छन्।
अरनिको यातायात समितिको बनेपामा सोमबार भएको ४४औं वार्षिक साधारणसभामा उनले मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, थरुहट आन्दोलनमा लागेका अन्य नेता अधिकाँश संविधानसभामै रहेकाले त्यस्तो वार्ता समिति परिणाममुखी हुन सक्ने बताए। उनले कुनै पक्षले पनि अतिवादी सोच नराखी वार्तामा आउनुपर्ने बताउँदै वार्तामा आउनका लागि कुनै अडान लिनु गलत भएको बताए।
उनले यातायात क्षेत्रमा देखिएको एकाधिकार प्रणालीकबाट सिर्जित द्वन्द्वको व्यवस्थापन आवश्यक भएको र चालकलाई दक्ष बनाउने विषय सरकार र व्यवसायी दुवैको भएको बताए। रासस