प्रदर्शन हिंसात्मक बन्दै गएपछि पर्सालाई पनि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ।
मंगलबार भएको प्रदर्शनमा प्रहरीको गोलीबाट विरगञ्जमा थप चारजनाको मृत्यु भएको छ भने सोमबार पनि एक जनाको मृत्यु भएको थियो।
आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो। सुरक्षा संवेदनशिलता भएका जिल्लामा दङ्गाग्रस्त क्षेत्र घोषणा पश्चात प्रमुख जिल्ला अधिकारीले आवश्यक ठानेमा सेना समेत परिचालन गर्न सक्नेछन्।
प्रमुख तीन दलले पेश गरेको सात प्रदेशको संघीयताको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आव्हान गरेको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ। तर कर्फ्युको अवज्ञा गर्दै आादोलनकारीले निरन्तर प्रदर्शन गरिरहेका छन्।