नेपाली काँग्रेसले संविधानको मस्यौदामा पार्टीको तर्फबाट संशोधन प्रस्ताव तयार पार्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।
पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडुका अनुसार, मुख्यसचेतक चिनकाजी श्रेष्ठको नेतृत्वमा आनन्दा प्रसाद ढुंगाना र रमेश लेखक संलग्न कार्यदलले पार्टीका कुनै पनि सदस्यले राख्न चाहेको संशोधन प्रस्ताव संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने छ।
साथै उक्त कार्यदलले अरु दलसँग पनि संशोधन प्रस्तावमा सहमतिको प्रयास गर्ने पनि उनले बताए।