सद्भावन पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पहाड केन्द्रीत तीन दलका नेताहरुले वार्ताको वहानामा जनविरोधी संविधान घोषणा गर्ने लागेको बताउका छन्।
वार्ताप्रति सरकार उदासिन भएको भन्दै उनले अबको लडाइ वार कि पारको हुने चेतावनी दिएका छन्।
आइतबार बिहान वीरगन्ज आइपुगेका नेता महतोले स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।
‘सरकारले बार्ताको पत्र पठाए पनि पहाड केन्द्रीत नेपाली कांग्रेस,एमाले र एमाओवादीका नेताहरू मधेस प्रति सकारात्मक छैनन्,’ उनले भने, ‘जनविरोधी संविधान घोषणा गर्ने खेलमा लागेकोले अबको आन्दोलन करो या मरोको अवस्था छ।’
उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू मधेस दौडाहामा रहेको भन्दै संसदबाट राजीनामा दिएर आन्दोलनमा आउन मधेसी सभासदलाई बग्रह गरेका छन्।
‘ठाउँ ठाउँमा मधेसी जनता हामिसँग भनिरहेका छन् सबै मधेसी दलका सभासदहरुलाई संविधानसभामा साक्षी बनेर बस्नुभन्दा राजीनामा दिएर आन्दोलनमा आउनुस् , सरकारलाई हामि घुँडाँ टेकाउँछौ,’ उनले भने।
सरकार बार्तामा गम्भीर हुनुभन्दा पनि लाठीचार्ज, सेना परिचालनको व्यवस्थापनमा लागेकोले विगतको सबै सम्झौतालाई पाखा राखेर जनविरोधी संविधान घोषणामा लागेको महतोले आरोप लगाए।