नेपाली काँग्रेसले सो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पु¥याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधेको हो ।
सो अभिव्यक्तिका विषयलाई लिएर स्पष्टीकरण सोधिएको सचिव तिवारीले जानकारी दिए। पार्टीभित्र उनले दिएको अभिव्यक्तिका विषयमा आलोचना भएपछि सभासद् सिंहलाई स्पष्टीकरण सोधिएको बुझिएको छ।