संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको कल्याणपुर बजारमा रहेको नेपाल प्रहरी विटमा आगजनी गरेका छन्।
आम हडताल सफल बनाउन बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले कल्याणपुर बजारमा बनाइएको प्रहरी विटमा आगजनी गरेको स्थानियवासीले बताएका छन्।
आगजनीबाट प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए।
यसैगरी संयुक्त मधेसी मोर्चा र थारु कल्याणकारिणीसभाले आह्वान गरेको आमहडतालका कारण आज १२औँ दिन पनि सिरहाको जनजीवन प्रभावित भएको छ। रासस