प्रधानमन्त्री कार्यालयले ‘५-१० जना व्यक्तिले कोठामा बसेर संविधान लाद्ने होइन’ भनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री सुशील कोइरालालाई भनेको समाचार भ्रामक भएको बताएको छ। हिन्दुस्तान टाइम्समा मंगलबार प्रकाशित समाचार पत्रकार आँफैले रचना गरेको प्रधानमन्त्री कार्यालयले बताएको छ।
सेतोपाटीसँग कुरा गर्दै प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले केही समयमा नै प्रधानमन्त्री कार्यालयले यसबारे प्रेस विज्ञप्ति जारी गर्ने बताए।
हिन्दुस्तान टाइम्सको आजको अनलाइन संस्करणमा श्रोत नखुलाइएको समाचारमा मोदीले ‘५-१० जना नेताले कोठामा संविधान बनाएर जनतामा थोपर्न नहुने’ कुरा मोदीले कोइरालालाई भनेको कुरा उल्लेख थियो।
‘प्रधानमन्त्री मोदीले त्यसो भन्नु भएको होइन। केही क्षण पर्खनुहोस् हामी बिज्ञप्ति पठाउँदैछौं,’ भट्टराईले भने।