नेपालको कैलाली जिल्लामा भएको घटना प्रति दुःख ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई संयम अपनाउन र शान्ति कायम राख्न सबैसँग अनुरोध गरेका छन्।
मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार बिहानै टेलिफोन गरेर उक्त कुरा बताएका हुन्। भारतीय परराष्ट्र मन्त्रालयको विज्ञप्ति अनुसार, मोदीले सबै पक्षसँग हिंशा प्रयोग नगर्न र सामाजिक सद्भाव कायम गर्न अनुरोध गरेका छन्।
संविधान लेखनका क्रममा प्राप्त गर्दै गरेको ऐतिहासिक कदमको पनि प्रशंसा गर्दै उनले वार्ताबाट समाधान निकाल्न र समाजका सबै तप्कालाई विश्वासमा लिन पनि अनुरोध गरेका छन्।
मोदीले नेपालको सुरक्षाका लागि छिमेकीको रूपमा भारतले आफूले सक्ने सबै कदम लिन तयार रहेको संदेश पनि दिएका छन्।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिको पुर्णपाठ:
प्रधानमन्त्रीको नेपाली समकक्षी सँग भएको टेलिफोन वार्ता
अगस्त २५, २०१५
प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपालका प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन वार्ता गर्नु भएको छ।
प्रधानमन्त्री मोदीले नेपालमा भएको हिंसामा ज्यान केहीले ज्यान गुमाउनु परेकोमा दु:ख व्यक्त गर्नुभयो र शोकाकुल परिवार र नेपाली जनताप्रति हार्दिक समबेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले राजनीतिक-सामाजिक अस्थिरता र भर्खरै भएको भूकम्पले समस्या जटिल बनाएको बताउनु भयो।
प्रधानमन्त्री नरेन्द्र मोदीले संयमता अपनाउन र शान्ति-सुरक्षा कायम गर्न पनि आव्हान गर्नुभयोl उहाँले नेपाल सरकार, राजनीतिक दल र नेपाली जनतालाई हिंसाबाट मुक्त रहन र सामाजिक सद्भाव कायम राख्न पनि आवहान गर्नु भयो।
उहाँले नेपालले शान्ति प्रक्रिया र संविधान लेखन कार्यमा प्राप्त गरेको ऐतिहासिक सफलताको प्रशंसा गर्नु भयो। उहाँले नेपालको राजनीतिक नेतृत्वले सम्पूर्ण महत्वपुर्ण मुद्धाहरु राजनीतिक दलबीच वार्ता र सम्भव भए सबैसँग र सबै नेपाली जनतासँग वार्ता गरी समस्या समाधान गर्न पर्ने संदेश दोहोर्याउनु भयो। उहाँले समाजका सम्पूर्ण तप्कामा विस्वासको वातावरण निर्माण गर्न र उनीहरुबीच विश्वास निर्माण गर्न, जन-चाहना प्रतिविम्बित हुने र विविधताको धनि समाजको सम्पूर्ण चाहना प्रतिविम्बित हुने र एकता, शान्तिपूर्ण र उन्नत नेपाल निर्माणका लागी आवश्यक भएको बताउनु भयो।
प्रधानमन्त्री मोदीले एक छिमेकीका रुमपा भारतले नेपालमा सुरक्षाका लागि आफूले सक्ने सम्पूर्ण काम गर्ने बताउनु भयो l प्रधानमन्त्री मोदीले शान्तिपूर्ण, सुरक्षित, स्थिर र उन्नत नेपाल हेर्ने भारतको एक मात्र चाहना रहेको बताउनु भयो। नेपालले उक्त कुरा देशको सामाजिक विविधता, श्रोत-साधन र असाधारण प्रतिभाबाट सम्भव हुने बताउनु भयो।
उहाँले नेपाली जनताका चाहना र प्राथमिकता अनुसार नै भारतले नेपाललाई सहयोग निरन्तर गर्ने कुरा दोहर्याउनु भयो।