कैलालीको टीकापुरमा प्रहरी र थरुहट आन्दोलनकारीबीच भएको हिंसात्मक झडमा परी कञ्चनपुर घर भएका दुई प्रहरी निरीक्षकको मृत्यु भएको छ।
सोमबार दिउँसो भएको झडपमा परी सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित दुईजना प्रहरी निरीक्षकको पनि मृत्यु भएको थियो।
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहरा रहेको प्रहरीले जनाएको छ। मृतक प्रहरी निरीक्षक विष्ट र बोहराको परिवारजन अहिले शोकमा डुबेका छन्।
मृतक बिष्टका श्रीमती, तीन छोरी र एक छोरा छन् भने मृतक बोहराका श्रीमती र दुई छोरा छन्। रासस