संविधान सभाका प्रमुख चार दलले कैलाली घटनाकै कारण संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेका छन्।
मंगलबार बसेको नेपाली काँग्रेस,नेकपा एमाले, एकिकृत नेकपा माओवादी र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका शिर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।
संविधान सभामा अब मस्यौदा समितिले बुझाएको संविधानको विधेयमकमाथि छलफल गर्ने कार्यक्रम छ। प्रमुख चार दलको बैठकले कैलाली घटनाको छानविन गरी कारबाही गर्न सरकारसँग आग्रह गरेको छ। बैठकले यो घटनालाई अपराधिक घटना भएको ठहर गरेको छ।
बैठकले सामाजिक सद्भाव कायम राख्न चारै दलका शिर्ष नेताले मंगलबार अपील गर्ने निर्णय पनि गरेको छ।