जिल्ला प्रशासन कार्यालय, बर्दियाले सदरमुकाम गुलरिया बजारलाई आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सभा, जुलुस गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरका अनुसार विरोध प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन यस्तो घोषणा गरिएको हो। रासस