लोकमानको पक्षमा ओर्लिए दाहाल

  • Get News Alerts

दाहालले सर्वोच्चलाई भने– शंका र समाचारको भरमा लोकमानलाई अख्तियार प्रमुख बनाउन हुन्न भन्नु नै गलत
tata
काठमाडौं, वैशाख ९- माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘पूर्वअनुमान, शंका र समाचारका भरमा पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन हुन्न भन्ने रिट परेको’ भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

कार्कीविरुद्ध चैत ७ गते परेको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै अध्यक्ष दाहालले पूर्व सरकारका राजनीतिक दलहरूले कार्कीलाई सम्मानपूर्वक सुविधा दिँदै आएको अवस्थामा शंका र पूर्वानुमानका आधारमा अख्तियार प्रमुख बनाउन हुन्न भन्ने तर्क ठिक नरहेको बताएका हुन् ।

कार्कीलाई अख्तियार प्रमुख बनाउन चार दलको उच्चस्तरीय राजनीतिक समितिले निर्णय गरी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई पठाउने बित्तिकै सर्वोच्चमा त्यस निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गरेका थिए ।

रिटको पहिलो सुनुवाइमै न्यायाधीश सुशीला कार्कीको एकल इजलासले कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, अख्तियार, दाहालसँग कार्कीलाई अख्तियार प्रमुखबाट हटाउन नहुने विषयमा लिखित जवाफ माग गरेको थियो ।

त्यही मागअनुसार दाहालले सोमबार सर्वोच्चमा लिखित जवाफ पठाउँदै कार्कीविरुद्ध परेको रिट खारेज हुनुपर्ने बताएका हुन् ।

‘पूर्व सरकारका राजनीतिक दलहरूले नै कुनै कारबाही नगरी सम्मानपूर्वक सुविधा दिइरहेको र जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभइरहेको अवस्थामा नयाँ राजनीतिक दलहरूलाई सबै कुराको फेहरिस्त प्राप्त हुनु पर्दैन,’ लिखित जवाफमा भनिएको छ, ‘संवैधानिक परिषद्ले नियुक्त गरिसकेको अवस्थामा पनि कहीँबाट कानुन बमोजिम दोषी भए बदर हुने हुँदा पूर्वअनुमान शंका र समाचारको भरमा आएको रिट निवेदन वर्तमान अवस्थामा बदरभागी छ ।’

कार्की जनआन्दोलनका दमनकर्ता एवं अख्तियारले समेत सरकारी सेवामा अयोग्य ठहर गरेको व्यक्ति भएकाले उनलाई नियुक्ति नगर्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । अख्तियार स्वयंले कार्की प्रमुख बन्न अयोग्य भन्दै चैत २२ गते सर्वोच्चमा लिखित जवाफ पठाएको थियो ।

दाहालले मुकुन्द न्यौपानेको वारेसनामामा सोमबार लिखित जवाफ पठाएका हुन् । यसअघि कार्कीको मुद्दा पेसीमा चढे पनि बहस हुन भ्याएको थिएन । मंगलबार सर्वोच्चमा दुवै पक्षको बहसका लागि पेसी तोकिएको छ । यो बहसपछि कार्की अख्तियार प्रमुखको निम्ति योग्य हुने कि नहुने निर्णय आउनेछ ।

hundai
pasupati

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • आर्थिक समृद्धि र विकास अबको आवश्यकताः मन्त्री जोशी

    जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले राष्ट्रका लागि आर्थिक समृद्धि र विकास आवश्यक भएको बताएका छन्। कास्कीको भरतपोखरी बरभोटेनीस्थित चण्डी माध्यामिक विद्यालयलाई बालमैत्रीपूर्ण विद्यालय बनाउने शुभारम्भ कार्यक्रमको आज उद्घाटन गर्दै उनले राजनीतिक रुपमा विभाजित बने पनि दलहरू विकास निर्माण, सामाजिक तथा आर्थिक समुन्नतिका लागि एकाकार बन्नुपर्ने बताए।

  • अख्तियारले आफूलाई सरकारभन्दा माथि छु भन्ने संदेश दिन खोज्योः प्रधानमन्त्री

    अख्तियारले आफूलाई सरकारभन्दा माथि छु भन्ने संदेश दिन खोज्योः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई सरकारभन्दा माथि छु भन्ने संदेश दिन खोजेको टिप्पणी गरेका छन्। राज्यद्वारा अख्तियार दुरुपयोग नियन्त्रणका लागि गठन गरिएको संस्थाले राज्यभन्दा आफूलाई ठूलो ठान्नु अदुरदर्शी प्रवृत्ति भएको भन्दै उनले सरकारभन्दा आफू ठूलो भन्ने भावना त्यागेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

  • संसद वैठक मंसिर ३० गतेसम्मका लागि स्थगित

    व्यवस्थापिका संसदको शुक्रबार बसेको वैठक विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ। संविधान संशोधनमा पूर्ण असहमति जनाउँदै आएको नेकपा एमाले र अन्य ६ पार्टीहरुको अवरोधका कारण वैठक स्थगित भएको हो।

  • नोबेल शान्ति पुरस्कार ग्रहण गर्न कोलम्बियाली राष्ट्रपति नर्वेमा

    नोबेल शान्ति पुरस्कार ग्रहण गर्न कोलम्बियाली राष्ट्रपति नर्वेमा कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुएल सान्टोस नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको राजधानी ओस्लो पुगेका छन्। गृहयुद्ध र लगातारको द्वन्द्वमा आधा शताद्विसम्म नराम्ररी फसेको मुलुक – कोलम्बियाका हजारौं द्वन्द्वपीडित नागरिकका प्रतिनिधिले पनि उनीस...

  • निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई नेम्बाङको आग्रह

    निर्वाचनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई नेम्बाङको आग्रह

    एमाले संसदीय दलद्धारा काठमाडौंमा आयोजित संचारकर्मीसँगको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले निर्धारित समय भित्रै सविधान कार्यान्वयन गर्ने विषय सम्पूर्ण राजनीतिक दलको साझा प्रतिवद्धता रहेकाले त्यसै अनुसार अघि बढनुको विकल्प नभएको पनि स्पष्ट पारे।

hundai

लोकप्रिय

Vionet

सूचनापाटी